तस्वीर : फाइल
सल्यान ९, चैत ।
सन्तानको रहर पुगेका दम्पतीहरुको लागी सल्यानमा परिवार नियोजन पुरुष स्थायी वन्ध्याकरण (भ्यासेक्टोमी) शिविर सञ्चालन गरिएको छ । नागरिकहरुमा स्थायी बन्ध्याकरण गरेपछि शरीर कमजोर हुन्छ भन्ने बुझाइ एदाकता रहेको अवस्थामा जिल्लाको बागचौर नगरपालिका वडा नम्बर १२ बाफुखोलामा रहेको बाफुखोला स्वास्थ्यचौकीमा पुरुष स्थायी वन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।
जिल्लाको दुर्गम क्षेत्रका रुपमा रहेको बाफुखोलामा आइतवार सम्पन्न शिविरमा सन्तानको रहर पुगेका १४ जना पुरुषहरुको स्थायी वन्ध्याकरण (भ्यासेक्टोमी) गरिएको हो । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा सञ्चालन भएको शिविरमा सल्यान जिल्ला अस्पतालका डा. प्रदिप शर्माको नेतृत्वमा खटिएको चिकित्सकको टोलीले पुरुषहरुको भ्यासेक्टोमी गरेको हो । स्थानिय स्तरमा नै परिवार नियोजनको स्थायी वन्ध्याकरण सेवा पाएको भन्दै स्थानिय खुसी भएका छन् ।
पुरुषले कमाउनु पर्ने, गा¥हो–सा¥हो काम गर्नुपर्ने भएकोले कमजोर भैइन्छ भन्ने आमनागरिकहरुमा भ्रम सिर्जना भैरहेको अवस्थामा शिविरमा बाफुखोलाका स्थानियहरु ढुक्का साथ शिविरमा सहभागी भएर सेवा लिएको कार्यालयले जनाएको छ । पुरुष स्थायी वन्ध्याकरण गरेपश्चात थप सन्तान नहुने भएकाले सन्तानको रहर पुरा भएपछि स्वास्थ्य अवस्थालाई सही ठाँउमा राख्न र सानो परिवार, सुखी परिवार तथा खुसी परिवार वनाउनको लागी परिवार नियोजन गर्न आवश्यक रहेको डा. शर्माले जानकारी दिनुभयो ।
यसैविच जिल्लाका थप २ स्थानमा पुरुष स्थायी वन्ध्याकरण (भ्यासेक्टोमी) शिविर सञ्चालन हुनेभएको छ । यही चैत ११ गते दार्मा गाउँपालिकाको प्रसुति गृह फारुलाचौरमा र चैत १७ गते कालिमाटी गाउँपालिकाको रामपुर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो ।