पशुपालन व्यवसायमा संलग्न किसानहरुलाई सल्यानको कपुरकोटमा तालिम प्रदान

सल्यान ९, कपुरकोट ।
पशुपालन व्यवसायमा संलग्न किसानहरुलाई सल्यानको कपुरकोटमा तालिम प्रदान गरिएको छ । किसानहरुलाई व्यवसायिक पुशपालनमा आक्रर्षित गर्दै आत्मनिर्भर वनाउने उद्धेश्यले पशु व्यवस्थापन तथा उपचार तालिम प्रदान गरिएको हो । साना किसान कृषि सहकारी संस्था लिमिटेड कपुरकोटको आयोजनामा तथा साना किसान बिकास लघुवित्त वित्तिय संस्था लिमिटेड ईलाका कार्यालय बिरेन्दनगर सुर्खेतको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

जिल्लाको कपुरकोट क्षेत्र पशुपालनका हिसावले राम्रो मानिन्छ । पछिल्लो समय यस क्षेत्रका किसानहरुले व्यवसायिक पुशपालन गर्ने कार्यलाई बढवा दिन थालेका छन् । यसैसन्दर्भमा पशुको हेरचाह, आहारव्यहार तथा स्याहार र विरामी भएमा गरिने उपचार लगाएतका बिषयमा किसानहरुलाई जानकारी प्रदान गर्नको लागि तालिम सञ्चालन गरिएको हो ।

संस्थाका अध्यक्ष डम्बरबहादुर एरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले व्यवसायिक पशुपालन अहिलको आवश्यकता भएको बताउनुभएको छ । उहाँले परम्परागत तरिकाले पशुपालन गर्दा लगानी धेरै हुने तथा आम्दानी सिमित मात्रामा मात्रै हुनेभएकाले लगानी अनुसारको आम्दानी गर्नको लागि पनि व्यवसायिक पशुपालना जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कपुरकोट गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष मीन बहादुर सेन, कार्यपालिका सदस्य ललिता गिरी, ठग बहादुर बिक लगाएतकाले बोल्नुभएको थियो । तालिममा ३१ जना महिला र ९ जना पुरूष गरेर ४० जना सहभागी रहेका छन् । संस्थाका उपाध्यक्ष मनिराम रानाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण जित प्रसाद आचार्यले गर्नुभएको थियो । तालिमको प्रशिक्षकमा पशु शाखाका प्राविधक अरूणा भण्डारी र अविकिरण डिसी रहनुभएको हाम्रा कपुरकोट संवाददाता जीत प्रसाद आचार्यले खबर पठाउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित