सल्यानमा होलीको रौनक [ फोटो फिचर ]

 

सल्यान १५, चैत ।
रङहरुको पर्व फागुपूर्णिमा (होली) आज सल्यान सहित पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाइएको छ । तराई तथा मधेशका जिल्लामा भने भोलि सोमबार मनाइनेछ । सरकारले होलीमा सार्वजनिक विदा पनि दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ दलेर होलीको खुशियाली साटासाट गर्ने धेरै छन् । सल्यानको सदरमुकाम खलंगा सहित श्रीनगर, थारमारे, कपुरकोट, सल्लीवजार लगाएत गाउँघरमा समेत हर्सोल्लासका साथ होली पर्व मनाइएको छ । यसमा युवाको संख्या उल्लेख्य छ ।

युवाहरु सेतो रङको टिसर्ट लगाएर अनुहारमा रातो, नीलो, पहेँलो, हरियोलगायतका रङ एक अर्कालाई लगाइदिने र खुशियाली साटासाट गर्ने गर्छन् । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

यसैक्रममा जिल्लाको सदरमुकाम खलंगामा होली खेल्दै गर्दा संकलन गरिएका कही तस्वीरहरु :

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस