तरकारी तथा फलफूल पसल छोडेर बंगुरपालन : बार्षिक ८ लाख आम्दानी

सल्यान १६, चैत ।
सल्यानको कपुरकोटका एक कृषकले बंगुरपालनवाट राम्रो आम्दानी गर्दै आए बिगत ६ बर्षदेखी ब्यवसायिक रुपमा बंगुरपालन गर्दै आउनुभएका कपुरकोट गाउँपालिका वडा नम्बर ३ का भक्तबहादुर घर्तीले बंगुरपालनबाट राम्रो गर्नु सफल हुनुभएको हो । उहाँले बगुंरपालनबाट नै बार्र्षिक ८ लाख रुपैँया आम्दानी भैरहेको जानकारी दिनुभयो ।

बंगुरको माग बढ्नुका साथै राम्रो मुल्य पाउन थालेपछि उहाँले २०७२ सालदेखि व्यवसायिक रुपमा बंगुरपालन ब्यबसाय सुरु गर्नुभएको थियो । बिगतमा जीविकोपार्जनमा धेरै कठिनाई भएपनि हिजोआज बंगुरपालन ब्यवसायमा लागेपछि सहज बनेको उहाँको भनाई छ । उहाँका अनुसार सुरुवातमा २० हजार लगानी गरेर २ बंगुर पालिएको हो । अहिले डिग्रो, धरानी, पोख्रेली तथा स्थानीय जातका ९० वटा बंगुर छन् ।

तरकारी तथा फलफूल पसलबाट निस्केको सडेगलेको बस्तुलाई सदुपयोग गर्दै बंगुरलाई खुवाउने गरेको उहाँको भनाइ छ । ‘फोहर बढी गर्ने भएकाले पहिला बंगुरपालन गर्न कठिनाइ भएको थियो,’ उहाँले भन्नुभयो ‘अहिले बानी परेको छु । सरसफाइका लागि पन्जा प्रयोग गर्दै आइरहेको छु ।’ बंगुरको पाठापाठी पाँच हजार सम्ममा बिक्री हुने गरेका छन् ।

‘अझै व्यबसायलाई बिस्तार र ब्यबस्थित गर्ने सोच बनाइरहेको छु,’ उहाँले भन्नुभयो ‘बंगुरको संख्या बढ्दै गएपछि होटलबाट निस्कने जुठो पिठोलाई पनि दानाको रूपमा प्रयोग गर्न थालेको छु ।’ उहाँले तरकारी तथा फलफूल पसलबाट भन्दा बंगुरपालन व्यवसायबाट राम्रो आम्दानी हुने गरेको जानकारी दिनुभयो ।
शुरुमा ब्यक्तिगत लगानीबाट व्यवसाय शुरु गर्नुभएका उहाँले पछि व्यवसायलाई थप व्यवस्थित गर्न साना किसान कृषि सहकारी संस्थाबाट १२ लाख रुपैँया मासुजन्य कर्जा लिनुभएको थियो । बंगुरपालनमा होमिएका उहाँले करिब ३२ लाख रुपैँया कुल पुजीँ लगानी रहेको जानकारी दिनुभयो ।

सरकारीका सहायक प्रवन्धक जीत प्रसाद आचार्यले व्यवसायमा संलग्न भएर आत्मनिर्भर बन्नको लागि स्थानियलाई सहकारीले प्रोत्साहन गरिरहेको बताउनुभयो । उहाँले मासुजन्य तथा दूधजन्य बस्तुहरु उत्पादन तथा वजारीकरणको लागि सहयोग गर्दै आएको बताउनुभयो । अहिले ९ प्रतिशत व्याजदरमा ऋण प्रवाह गरिरहेको उहाँको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस