सल्यानको दार्मामा विद्यालय बन्द नहुने

सल्यान १७, चैत ।
सल्यानको दार्मा गाउँपालिका भित्र रहेका सबै बिद्यालयहरु सञ्चालन हुने भएका छन् । गाउँपालिका क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेकोले विद्यालयहरु नियमित रुपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । कोरोना महामारीको कारण लामो समय पछि बिद्यार्थीहरुको पठनपाठन सञ्चालन भएकाले अर्को सुचना नभए सम्मका लागि बिद्यालय बन्द नहुने जनाइएको छ ।
‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमन्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूलक असरका कारण विद्यालयहरु २० गतेसम्म बन्द हुने सूचना जारी भएता पनि यस गाउँपालिका क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालयहरु नियमित रुपमा सञ्चालन गर्न गराउन निर्देशानुसार सुचित गरिन्छ’ गाउँपालिकाद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।
सरकारले वातावरण प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै आजदेखि ४ दिनसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । शुक्रबारदेखि देशका विभिन्न स्थानमा प्रदुषण बढेपछि सोमबार शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस