सल्यानको कालिमाटीमा पुरुष स्थायी बन्ध्याकरण शिविर सम्पन्न

फाइल फोटो

सल्यान १७, चैत ।
सल्यानको कालिमाटी रामपुरमा पुरुष स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा कालिमाटी गाउँपालिकाको रामपुर स्वास्थ्यचौकीमा आज पुरुष स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) शिविर सम्पन्न भएको हो ।

शिविरमा २ जना पुरुषको स्थायी बन्ध्याकरण गरिएको कालिमाटी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख गोरख थापाले जानकारी दिनुभयो । पुरुष स्थायी वन्ध्याकरण गरेपश्चात थप सन्तान नहुने भएकाले सन्तानको रहर पुरा भएपछि स्वास्थ्य अवस्थालाई सही ठाँउमा राख्न र सानो परिवार, सुखी परिवार तथा खुसी परिवार वनाउनको लागी परिवार नियोजन गर्न आवश्यक रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित