सल्यान १८, चैत ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाही प्रति नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल सल्यानले आपत्ती जनाएको छ । युवा संघ नेपाल सल्यानले बुधवार एक प्रेस बिज्ञप्ती जारी गर्दै पार्टीका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री नेपाल र उपाध्यक्ष भिम रावललाई प्रधानमन्त्री ओलीले ६ महिनाको लागी निलम्बन गरिएको प्रति आपत्ति जनाएको हो ।
युवा संघ नेपालका केन्द्रिय सचिव खड्ग आचार्य, केन्द्रिय सदस्यद्वय ओमकार वली र डिल्ली केसी र जिल्ला संयोजक न्यूटन श्रेष्ठद्वारा जारी बिज्ञप्तीमा भनिएको छ “पार्टीका नेताहरु माथि गरिएको कारबाही तत्काल फिर्ता लिन जोडदार माग गर्दछौं ।”
“कम्युनिष्ट एकतालाई भाँड्ने र विघटनसम्म लैजाने उद्धेश्यले अध्यक्ष ओलीले एकपछि अर्को कदम चालिरहेको सर्वबितितै छ, अहिले पार्टी भित्रका इमान्दार र प्रतिवद्ध नेतृत्व तथा कार्यकर्तालाई कारवाहीको नाटक गरिरहेका छन्” बिज्ञप्तीमा भनिएको छ “यो कार्यले मुलुकलाई राजनितिक अस्थिरताको भड्खालो तीर लैजाने कुरा स्पष्ट छ ।”
साथै पार्टी अध्यक्षबाट भएको अराजनीतिक क्रियाकलापबाट बिचलित नभई कम्युनिस्ट विचार, मुल्य मान्यता र सिद्धान्तमा गोलबद्व भएर अगाडि बढ्न सबै नेता कार्यकर्ताहरुमा बिज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।
प्रेस बिज्ञप्ती