सल्यान २०, चैत ।
सल्यानमा ६४ औं राष्ट्रिय सहकारी दिवश मनाइएको छ । मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ जिल्लाका बिभिन्न स्थानहरुमा रचनात्मक कार्य गर्दै आज दिवश मनाईएको हो । यसैक्रममा जागृत वचत तथा ऋण सहकारी संस्था शारदा नगरपालिका ४ साहुटोल सल्यानले दिवशका अवसरमा आफ्नो कार्यक्षेत्र भित्रका माध्यामिक विद्यालयहरुका विच अन्तर मावि स्तरिय हाजिरीजवाफ प्रतियोगिता संचालन गरेको छ ।
प्रतियोगितामा शारदा नगरपालिका भित्रका त्रिभुवन जन माद्यामिक बिद्यालय लुहापिङ, एमएम ऐकेडेमी खलंगा, ज्योतिपुञ्ज ऐकेडेमी सेजवालटाकुरा, महेन्द्र रत्न माद्यामिक बिद्यालय पिपलनेटा, त्रिभुवन जन माद्यामिक बिद्यालय मार्के र महेन्द्र रत्न माद्यामिक बिद्यालय हिवल्चा गरी जम्मा ६ वटा विद्यालयहरुको सहभागिता रहको थियो । प्रतियोगितामा एमएम ऐकेडेमी प्रथम, ज्योतिपुञ्ज ऐकेडेमी द्धितिय र महेन्द्र रत्न माद्यामिक बिद्यालय पिपलनेटाले तृतिय स्थान हाँसिल गर्न सफल भएका छन । प्रतियोगिहरुलाई नगद तथा स्टेशनरी पुरस्कार वितरण गरिएको छ ।
संस्थाका अध्यक्ष किशोर कुमार हमालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ सल्यानका अध्यक्ष केशव सिंह श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । सो अबरशरमा संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार समिति संयोजक कृष्ण वहादुर श्रेष्ठ र जेष्ठ सदस्य कल्याणकारी मञ्चका संयोजक भोलानाथ खड्गीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष ज्ञान प्रकाश शर्माको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको संचालन संस्थाका सचिव कल्पना सेजवालले गर्नुभएको थियो ।
यस्तै सल्यानको कपुरकोट गाउँपालिकाको जामुनेचौरमा सहकारी दिवश मनाइएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड कपुरकोटको आयोजनामा मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ ६४ औँ सहकारी दिवस मनाइएको हो । कपुरकोट गाउँपालिका वडा नं ५ को जामुनेचौरमा भएको कार्यक्रममा सहकारीको आबश्यकता, यसले गर्ने काम, सहकारीबाट सदस्यहरुले कसरी फाइदा लिने भन्ने बिषयमा छलफल भएको थियो ।
बिमला रेउलेको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी संस्थाका ऋण सहायक जित प्रसाद आचार्यको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारीको मूल्यमान्यता, सात सिद्धान्त, सहकारीमा महिलाको भुमिका, गाउँघरमा सहकारीको आवस्यकताका बारेमा प्रकाश पारिएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका सहायक मेनका मल्लले गर्नु भएको थियोे ।