सल्यान २१, चैत ।
आमनागरिकहरुलाई सुसुचित गराउने सुचनाको भरपर्दो माध्यम भनेकै रेडियो भएको सल्यानमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुले समाजमा लुकेर बसेका आवाज विहिन नागरिकहरुको आवाज बोल्ने माध्यम भनेकै रेडियो भएकाले सुचना सम्प्रेषणको भरपर्दो माध्यम रेडियो भएको बताएका हुन् ।
रेडियो तहल्का एफ.एम. ९१.९ मेगाहर्ज खलंगा सल्यानको छैटौँ बार्षिकोत्सवको अबशरमा आज आयोजित पत्रकारीताका अवसर र चुनौती विषयक सम्वाद कार्यक्रमका सहभागिताहरुले यस्तो बताएका हुन् । उनीहरुले समाज परिवर्तनका लागि सामुदायिक रेडियोहरुको भूमिका महत्वपुर्ण भएकाले सही, सत्यतथ्यमा आधारित रहेर सुचना, समाचार सम्प्रेषण गर्न आग्रह गरेका हुन् ।
रेडियोका स्टेशन म्यानेजर डिल्लीराज रावतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्ट, छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष सिता केसी, जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारी, अकोराव कर्णाली प्रदेशका पुर्वअध्यक्ष रमेश कुमार गौतम लगाएतले बोल्नुभएको थियो ।
रेडियो सञ्चालक समितीका सदस्य सुकदेव कसेराको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन अमृत बुढाथोकीले गर्नुभएको थियो । २०७१ चैत्र २१ गते देखी रेडियोले प्रशारण आरम्भ गरेको थियो ।