सल्यान २१, चैत ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :
तस्वीरमा शारदा नगरपालिका वडा नम्बर १ शान्तिनगर र वडा नम्बर १२ रेशमज्यूला जोड्ने मोटरेबल पुलमा काम गर्दै मजदुर ।
तस्वीरमा सल्यानको कालिमाटीका एक कृषक मौरीको हेरचाह गर्दै ।
तस्वीरमा सल्यानको कालिमाटी रामपुरमा बाख्रापालनको लागी निर्माण गरिएको खोर ।
तस्वीरमा गन्तव्यमा हिड्दै गरेका यात्रीहरु ।
तस्वीरमा सल्यान लेखपोखराको पाखापानी गाउँ ।
तस्वीरमा छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरा, बुद्धनगरमा निर्माण गरिएको गौतम बुद्धको मुर्ति ।
तस्वीरमा शारदा नगरपालिकाको माल्नेटाको बनमा लागेको डढेलोको नियन्त्रण गर्दै स्थानीय । तस्वीर : सामाजिक संजाकबाट ।