नेपाल पत्रकार महासंघ सल्यानको निर्वाचनका लागि मनोनयन दर्ता आज : उम्मेदवारको टुंगो लगाउन सकस

सल्यान २२, चैत ।
चैत २५ गते हुने नेपाल पत्रकार महासंघ सल्यानको निर्वाचनको माहोल तातिदैँ गएको छ । निर्वाचनको लागि आज मनोनयन दर्ताको समय रहेको छ । अहिले जिल्लामा क्रियाशिल रहेका प्रेस चौतारी, प्रेस युनिययन, प्रेस संगठन लगाएतका बिभिन्न संगठनहरु आन्तरिक तयारीमा जुटेका छन् ।

पत्रकार महासंघमा जानको लागि संगठन भित्रमा आकांक्षिहरु धेरै भएपछि उम्मेदवारहरुको टुंगो लगाउन सकस भएको बिभिन्न संगठनहरुरुले जनाएका छन् । अहिले पनि बिभिन्न संगठनका नेतृत्वकर्ताहरु भने सर्वसम्मत महासंघको नेतृत्व चयनका लागि सक्रिय वन्दै छलफललाई तिव्रता दिएका छन् । उम्मेदवारको बारेमा छलफल भएपनि आधिकारिक रुपमा टुंगो लाग्न भने सकेको छैन् ।

जिल्लामा हुने पत्रकार महासंघको निर्वाचनको लागि आबश्यक तयारी भैरहेको निर्वाचत समितीका संयोजक मनबिर बस्नेतले जानकारी दिनुभयो । उहाँले आज बिहान ११ वजे देखी साँझ ४ वजेसम्म उम्मेदवारी दर्ताको समय रहेको जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ सल्यानमा ९२ जना मतदाताहरु रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस