नेपाल पत्रकार महासंघ सल्यानको अध्यक्षमा बुढाथोकी र पौडेलको उम्मेदवारी

सल्यान २२, चैत ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । प्रेस चौतारी नेपाल सल्यान र प्रेस संगठन सल्यानको तर्फबाट साझा उम्मेदवारको रुपमा मिना बुढाथोकी र प्रेस युनियन नेपालको तर्फबाट नविन पौडेलको अध्यक्षमा उम्मेदवारी परेको हो । चैत २५ गते हुने निर्वाचनको लागि आज २ जनाले अध्यक्षमा उम्मेदवारी दिएको निर्वाचन समितीका संयोजक मनविर बस्नेतले जानकारी दिनुभयो ।

यस्तै खुला उपाध्यक्षमा तिलकराज वली र शंकर केसी, महिला उपाध्यक्षमा सरिता चलाउने र पुष्पारिजन डिसीको उम्मेदवारी परेको छ । यस्तै सचिवमा टिकाराम भण्डारी र खकेन्द्र केसी, समावेशी सहसचिव बुद्धिमान पुन, र चुडामणि पुन, सहसचिव खुल्ला तर्फ आशिष केसी, हिमाल उपाध्याय र कोषाध्यक्षमा शिवलाल डाँगी, विरेन्द्र डिसीको उम्मेदवारी परेको छ ।

यस्तै महिला खुल्ला सदस्यमा मेघा रेउले, दलित सदस्यमा खेमराज स्वर्णकार, शारदा विक, जनजाति सदस्यमा हरिप्रकाश पुन, अन्य समावेशी अपांगता सदस्यमा गोपाल शर्माको उम्मेदवारी परेको छ ।

यस्तै खुल्ला सदस्यमा अमृत बुढाथोकी, नोखिराम थापा विक, संजिव श्रवण देवकोटा, लोकमान चन्द, कृतिराज वली, पदम गिरी, गोविन्द प्रसाद शर्मा, महेश कुमार वली, इन्द्र बहादुर बुढाथोकी, भरत देवकोटा र महेश कुमार ओलीको उम्मेदवारी परेको छ । बुढाथोकीलाई प्रेस चौतारी नेपालको माधव प्यानल र प्रेस सेन्टरको सहयोग रहेको छ भने पौडेललाई प्रेस युनियन, प्रेस चौतारी केपि प्यानल र जनपत्रकार संगठनको सहयोग रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस