कुमारी बैँकको २० औँ बार्षिकोत्सवका अवशरमा आँखा शिविर सञ्चालन

सल्यान २६, चैत ।
कुमारी बैँकको २० औँ बार्षिकोत्सवका अवशरमा सल्यानमा आँखा शिविर सञ्चालन गरिएको छ । जिल्लाको सदरमुकाम खलंगा स्थित त्रिभुवन जन माद्यामिक बिद्यालय लुहापिङमा अध्ययनरत बिद्यार्थीहरुको आँखा जाँच गरिएको हो ।

आँखा शिविरमा सल्यान आँखा उपचार केन्द्र शितलपाटीका नेत्र सहायक नविना चौधरीले बिद्यार्थीहरुको आँखा जाँच गर्नुभएको थियो । जसमा कक्षा १०, ११ र १२ का अध्ययनरत २ सय ७५ जना बिद्यार्थी मध्ये १ सय ५० जना बिद्यार्थी सहित शिक्षकहरुको पनि आँखा जाँच गरिएको थियो ।

सो अबशरमा शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारी, शारदा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष केशव सिंह श्रेष्ठ, बिद्यालयका प्रधानाध्यापक माधव बिक्रम जिसी लगाएको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस