युवा संघ नेपालका केन्द्रिय अध्यक्ष शाही सल्यान आउदैँ

सल्यान २७, चैत ।
नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालका केन्द्रिय नेताहरु सल्यान आउनुहुने भएको छ । युवा संघ नेपाल सल्यानको जिल्ला स्तरीय भेलालाई सम्बोदन गर्नका लागि भोली चैत २८ गते जिल्लाको बरलामा आउन लाग्नु भएको हो ।

नेकपा एमालेका बरिष्ट नेता माधव कुमार नेपाल पक्षका युवाहरुको भेलालाई संबोदन गर्नका लागि केन्द्रिय अध्यक्ष नरेश शाही, पार्टीका पोलिटव्युरो सदस्य प्रकाश ज्वाला, संघका महासचिव दिपक जिएम, सचिव खड्ग आचार्य लगाएतका केन्द्रिय स्तरका नेताहरु सल्यानमा आउन लागेको युवा संघ सल्यानका जिल्ला संयोजक न्युटन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार युवाहरुको भेला भोली बिहान ११ वजे देखी शुरु हुने छ । खासगरेर पार्टीका अध्यक्ष केपि शर्मा ओलीले चालेको कदम र मनपरीतन्त्रका बिरुद्धमा युवाहरुलाई एकजुट वनाएर अगाडी बढाउनको लागी भेलाको आयोजना गरिएको उहाँको भनाई छ ।

भेलामा जिल्लाभरका झण्डै ३ सय बढी युवाहरु सहभागि हुने भएका छन् । सोही भेलाबाट जिल्ला स्तरीय युवा संघ नेपाल सल्यानको जिल्ला कमिटी घोषणा गरिने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस