सल्यान २७, चैत ।
नेपाल पत्रकार महासंघ सल्यानका नवनिर्वाचित पदाधिकारीहरुको सपथग्रहण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको कार्यालय सल्यान खलंगामा शुक्रवार सपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
चैत २५ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नविन पौडेल नेतृत्वको नयाँ कार्यसमितीलाई निर्वाचन समितीका संयोजक मनविर बस्नेतले सथप खुवाउनुभएको थियो भने प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
सो अबशरमा बोल्दै महासंघका निवर्तमान अध्यक्ष प्रतिक इच्छुक शर्माले पत्रकार महासंघलाई सबैको साझा संस्थाको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले पत्रकारिता व्यवसाय नभएर पेशा भएकाले सत्यतथ्यमा आधारित भएर कमल चलाउन आग्रह गर्नुभएको छ ।
पछिल्लो समयमा पत्रकारितामा राजनितिक गन्ध आउन थालेको गुणासो बढ्न थालेको बताउदैँ उहाँले आस्था र विचार जे जुकै भएपनि तटस्थ भएर कलम चलाउन सबै पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । “पत्रकार राज्यको चौथोँ अंग हो, यसलाई सबैले स्वीकार गरेका छन्, त्यही भएर पनि क्रियाशिल पत्रकारहरुको साझा संस्थाका रुपमा महासंघलाई लिनुपर्दछ” उहाँले भन्नुभयो ।
यस्तै नवनिर्वाचित अध्यक्ष पौडेलले श्रमजिवी पत्रकारहरुको वकालत गर्दै उनीहरुको हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले महासंघमा निर्वाचित नयाँ पदाधिकारीहरु संग छलफल गरेर आगामी कार्य योजना तयार पार्ने बताउनुभयो ।
पत्रकार महासंघ सल्यानको निर्वाचनबाट खुला उपाध्यक्षमा शंकर केसी, महिला उपाध्यक्षमा सरिता चलाउने, सचिवमा टिकाराम भण्डारी (दिपसागर), कोषाध्यक्षमा शिव डाँगी, खुल्ला सहसचिवमा आशिष केसी र समावेशी सहसचिवमा वुद्धि पुन निर्वाचित हुनुभएको छ ।
यस्तै खुल्ला सदस्यहरुमा अमृत बुढाथोकी, भरत देवकोटा, सञ्जिव श्रवण देवकोटा, पदम गिरी, महेश कुमार वली, दलित सदस्यमा खेमराज स्वर्णकार निर्वाचित हुनुभएको छ । यस्तै महिला सदस्यमा मेघा रेउले, जनजाती सदस्यमा हरि प्रकाश पुन र अपांग सदस्यमा गोपाल शर्मा निर्विरोध निर्वाचित हुनुभएको थियो ।