नेइए निर्वाचनः कर्णाली प्रदेश अध्यक्षमा खड्का र केन्द्रिय सदस्यमा पुनको उम्मेदवारी

सल्यान २८, चैत ।
नेपाल इन्जिनियर्स एशोसिएसन कर्णाली प्रदेश अन्तर्गत दोश्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचनमा संयुक्त बाम प्यानलको मनोनयन दर्ता भएको छ । निर्वाचनमा कर्णाली प्रदेशका बामपन्थि इन्जिनियरहरु एउटै प्यानल वनाएर अगाडी बढेका छन् । आगामी २०७८ साल बैशाख २४ गते हुने निर्वाचनमा कर्णाली प्रदेशका सबै बामपन्थि इन्जिनियरहरु एउटै प्यानल वनाएर उम्मेदवारी दिएका हुन् ।

जसअनुसार कर्णाली प्रदेशमा इन्जिनियर नरेश खड्काको नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ । यस्तै सल्यान घर भएका इन्जिनियर विनोद पुनले केन्द्रीय सदस्यको उम्मेदवार दिनुभएको छ । पुन पुर्वाधार विकास कार्यालय सल्यानमा प्रमुख हुुनुहुन्छ ।

यस्तै कर्णाली प्रदेश स्तरीय कार्यसमितीको लागि सभापतिमा खड्का सहित उपसभापतिमा महेश कुमार ढुंगाना, सचिवमा तुलाराम शर्मा, सहसचिवमा हेमन्त न्यौपाने, कोषाध्यक्षमा देवेन्द्र भट्टराईले उम्मेदवारी दिनुभएको छ ।

यस्तै सदस्यहरुमा कमल प्रसाद पाण्डे, वालाराम तिवारी, बम बहादुर भण्डारी, निलम बुढा, उत्तम चौलागाई, बादल बुढा, देवेन्द्र बहादुर सिंह, नविन थापा, नरेन्द्र चौलागाई र नरेन्द्र भट्टले उम्मेदवारी दिनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस