सल्यान २८, चैत ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :
तस्वीरमा सल्यानको अमर आधारभुत बिद्यालयका बिद्यार्थीहरु दिवा खाजा खाँदैँ ।
तस्वीरमा सल्यानको शंखमुलमा निर्माणाधिन शंख र पार्क ।
तस्वीरमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत शारदा नगरपालिका ७ मा सडक मर्मत गरिदैँ । तस्वीर ; सामाजिक सञ्चालबाट
तस्वीरमा जनता आवास कार्यक्रम मार्फत सल्यानको लेखपोखरामा निर्माणाधिन घर ।
तस्वीरमा शारदा नदि र कालिमाटी आसपासको खेतीयोग्य फाँट ।
तस्वीरमा पिसानीको लागी प्रयोग हुने सल्यानको दमाचौरमा रहेको पानी घट्ट ।
तस्वीरमा वागचौर कोटमौला जोड्ने शारदा नदिमा पुल नहुदाँ झोलुगें पुलबाट सवारी वारपार गरिदैँ ।