सल्यानमा न्यूटन श्रेष्ठको अध्यक्षतामा १२५ सदस्यीय युवा संघ नेपाल गठन

सल्यान २८, चैत ।
सल्यानमा नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालको १२५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ । शनिवार जिल्लाको शारदा नगरपालिका ६ वरलामा आयोजित एक कार्यक्रमका बिच युवा संघको जिल्ला कमिटी घोषणा गरिएको हो ।

खासगरेर नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले चालेको कदम र मनपरीतन्त्रका बिरुद्धमा उत्रिएका पार्टीका बरिष्ठ नेता एवम् पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल पक्षका युवाहरुको भेलाबाट न्युटन श्रेष्ठको अध्यक्षमा जिल्ला कमिटी घोषणा गरिएको हो । जसको उपाध्यक्षमा सुरेश बोहरा, सचिवमा शिवराज अधिकारी, सहसचिवमा बम बहादुर गाहा र कोषाध्यक्षमा सुरेन्द्र चन्द रहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस