युवाहरु राजनिति सँगै आयआर्जनका कार्यमा जुट्नुहोस् : युवा संघका महासचिव जिएम

सल्यान २९, चैत ।
नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालका केन्द्रिय महासचिव दिपक जिएमले युवाहरु राजनिति सँगै आयआर्जनका कार्यमा सक्रिय बन्नुपर्ने बताउनुभएको छ । शनिवार सल्यानको बरलामा युवा संघ नेपाल सल्यानद्धारा आयोजित युवा संघ नेपाल जिल्ला कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रममा बोल्दै उहाँले युवा पुराना नेताहरुको योगदान र संघर्षबाट पार्टी र संगठन अहिलेको अवस्थामा आएको र अब पार्टी र देश चलाउने जिम्मेवारी युवाको काँधमा आएको बताउनुभयो ।

“यो समयमा युवाहरु राजनिति सँगै आर्यआर्जनका कार्यमा सरिक हुनुपर्दछ, अवशरहरु धेरै छन्, हामी पदको लोभी भएर बसेका छैनौँ” उहाँले भन्नुभयो “पहिलो प्राथामिकता आफ्नो अभिष्य र आयआर्जनका कार्यमा दिनुहोस्, अनि मात्रै राजनितीमा समय दिनुपर्दछ ।” पछिल्लो समयमा बेरोजगार युवाहरुको संख्या बढ्दै गएकाले हरेक युवा रोजगारी सिर्जना गर्ने कार्यमा लाग्नुपर्ने उहाँको भनाई छ ।

केन्द्रिय महासचिव जिएमले पार्टीका अध्यक्ष केपि शर्मा ओली भारतको गुलामी वनेर काम गरिरहेको बताउनुभयो । “केपि ओली नेतृत्वको सरकार प्रति जनताका थुप्रै अपेक्षाहरु रहेका थिए, जनमुखी विकास, शिक्षा, स्वास्थ्य, कृषिमा आमुलपरिवर्तनको अपेक्षा गरिएपनि सरकारले काम गर्न सकेन्” उहाँले भन्नुभयो “सरकार जनताप्रति गम्भिर वनेन्, बन्नै चाहेन ।”

सो अबशरमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य उदय बहादुर बोहरा, हरि केसी, पार्टीका जिल्ला कमिटी सचिव रमेश कुमार गौतम, पार्टीका जिल्ला कमिटी सदस्यहरु राम खडकी, ज्ञानेश्वर केसी, इश्वरी बुढाथोकी, प्रेम बहादुर डाँगी, प्रदेश परिषद सल्लाहकार समिति सदस्य सिपि ओलीले बोल्नुभएको थियो ।

यस्तै खेलकुद महासंघका केन्द्रिय सचिवालय सदस्य जयराम सिंह बिजय, किसान महासंघ केन्द्रिय कमिटी सदस्य गोबिन्द केसी, अनेरास्ववियुका जिल्ला अध्यक्ष निरज सिंह, नेपाल उत्पीडित मुक्ति समाजका केन्द्रिय सदस्य लोक बहादुर बिक, अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष बुद्वा केसी, प्रेस चौतारी नेपाल सल्यानका कार्यवाहक अध्यक्ष मिना बुढाथोकी लगाएतकाले बोल्नुभएको थियो ।

कार्यक्रममा युवा संघका केन्द्रिय सचिव खड्क आचार्य, केन्द्रिय सदस्यहरु ओमकार वली, धिरज रावत, सन्तोष बिसी लगाएतकाको सहभागिता रहेको थियो । युवा संघका नेता द्रोण कुमार यरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन शिबराज अधिकारीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस