सल्यान २९, चैत ।
सल्यानको खलंगामा सहकारी शिक्षा प्रदान गरिएको छ । ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड शारदा नगरपालिका २ खलंगाको आयोजनामा शनिबार सहकारी संस्थामा आवद्ध नयाँ सदस्यहरुलाई सहकारी सम्बन्धि शिक्षा प्रदान गरिएको हो ।
सो अबशरमा सहकारी संस्थाका सचिव सनत कुमार शर्मा र प्रवन्धक शान्ता राईले प्रशिक्षण दिदैँ सहकारी नागरिकको सुखदुखको साथी भएको बताउनुभएको छ । ऋण प्रवाह गर्ने मात्रै सहकारीको काम नभएको बताउदैँ वचत गर्ने तथा सामाजिक कार्यमा हातेमालो गर्ने काम गर्दै आएको बताउनुभएको छ ।
शिक्षा उपसमितिका सदस्य अनुपा शाहको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका कोषाध्यक्ष लक्ष्मण कुमार राई लगाएतकाले बोल्नुभएको थियो । कार्यक्रममा झण्डै २ दर्जन नयाँ सदस्यहरुको सहभागिता रहेको थियो ।