सल्यान २९, चैत।
सल्यान जिल्लामा पाइने जैविक विविधता समृद्धिको महत्वपूर्ण आधार रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । उनीहरुले जडिबुटीको उपयोगिता र संरक्षणसम्बन्धी परम्परागत ज्ञान र आधुनिक प्रविधिलाई संयोजन गर्दै समृद्धिको आधार तयार पार्नुपर्ने बताएका हुन् । “जडिबुटी खेति अभियान ः समृद्धिको लागि योगदान” भन्ने नाराका साथ वनस्पति अनुसन्धान केन्द्र सल्यान कपुरकोटद्धारा आयोजित ६१ आँै बार्षिकोत्सव तथा २२ औँ वनस्पति दिवसका अबशरमा कपुरकोटमा भएको कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
उनीहरुले पछिल्लो समयमा जिल्लामा रहेको थुप्र्रै जडिबुटीको चोरी निकासी हुने सम्भावना बढेकाले त्यसलाई रोक्नको लागि सबै सक्रिय बन्नुपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै वनस्पति अनुसन्धान केन्द्र सल्यान कपुरकोटका प्रमुख दिनेश बरालले मुलपानि स्थित वनस्पति उद्यानमा ३ सय बढी प्रकारका वनस्पति संरक्षण गरेर राखिएको जानकारी दिनुभयो । राज्यले प्राथमिकताको सूचीमा राखेका तथा आर्थिक रुपमा र औषधिको रुपमा महत्वपूर्ण मानिएका वनस्पतिहरु संरक्षण गरेर राखिएको उहाँको भनाई छ ।
यस्तै कपुरकोट गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष मिन बहादुर सेनले मुलपानी स्थीत यस उद्यान वनस्पति विज्ञान सम्बन्धी अध्ययन गर्ने विद्यार्थी र शोधकर्ताका लागि ज्यादै उपयोगी हुने र यसले सल्यानमा आउने पर्यटकको संख्यामा समेत बृद्धि हुने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा कर्णाली प्रदेश बन महासंघका अध्यक्ष घनश्याम शर्मा, साना किसान कृषि सहकारी संस्थाका सहायक प्रवन्धक जित प्रसाद आचार्य, कालिका माद्यामिक बिद्यालयका प्रधानाध्यापक चुडामणी केसी, नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय किमुचौरका प्रधानाध्यापक सिट्टिसाप बिष्ट, कपुरकोट जडिबुटी समुहका अध्यक्ष प्रेम कुमार आचार्य, जडिबुटी नर्सरी संचालक तिलक शर्मा लगाएतकाले बोल्नुभएको थियो ।
गोपाल शर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजिकरण कृष्ण पुनले गर्नु भएको थियोे । सो अबशरमा जडिबुटी तथा वनको बारेमा निबन्ध र चित्रकला प्रतियोगिता सञ्चालन गरिएको थियो । यस्तै कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्रमा कार्यरत उत्कृट काम गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।