नेकपा एमाले केपि पक्षको बैठक सल्यानमा सम्पन्न : पालिकास्तरमा जिम्मेवारी हेरफेर

सल्यान २९, चैत ।
नेकपा एमाले केपि पक्षको बैठक सल्यानको खलंगामा सम्पन्न भएको छ । पार्टीका अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा आइतवार बैठक सम्पन्न भएको हो । बैठकमा एमालेका केन्द्रीय सदस्य गुलाव जंग शाह, प्रदेश कमिटी सदस्यहरु लोक बहादुर डाँगी, भिम बहादुर सेन, तिलक मल्ल, मनोज प्रधान, कुल बहादुर गिरी लगाएतको सहभागिता रहेको थियो ।

जिल्ला कमिटीको बैठकले जिल्लाका दश वटै स्थानिय तहमा जिम्मेवारी हेरफेर गरेको छ । यस्तै आगामी बैशाख ५ गते भित्र जनबर्गिय संगठनहरुको भेला गर्ने निर्णय समेत गरेको जनाइएको छ । बैठकको सञ्चालन पार्टीका सहसचिव दान बहादुर केसीले गर्नु भएको थियो ।

दश वटै स्थानिय तहमा जिम्मेवारी हेरफेर :
१) कालिमाटी गाउपालिका
केशर बुढा– अध्यक्ष
दान बहादुर केसी –इन्चार्ज
सनसिल्ता वलि(डिसी)–सह–इन्चार्ज
२) कपुरकोट गाउपालिका
घनश्याम शर्मा– अध्यक्ष
३) त्रिवेणी गाउपालिका
लोकेन्द्र सिं खडका– अध्यक्ष
बुद्धि केसी– इन्चार्ज
बालकृष्ण महर– सह– इन्चार्ज
४) छत्रेश्वरी गाउपालिका
ज्ञान बहादुर खडका– अध्यक्ष
ओज बहादुर बुढाथोकी –इन्चार्ज
५) शिद्धकुमाख गाउपालिका
जित बहादुर चलाउने– इन्चार्ज
पुष्पा कुमारी बोहरा– सह–इन्चार्ज
६) कुमाख गाउपालिका
भैरव शाह– अध्यक्ष
लाल बहादुर रावत– इन्चार्ज
कविराम चन्द – सह–इन्चार्ज
अमृत बुढाथोकी – सह– इन्चार्ज
७)दार्मा गाउपालिका
बल बहादुर वली– अध्यक्ष
दिपक रोका– सचिव
गणेशमान सिंह– इन्चार्ज
८) बनगाड कुपिन्डे नगरपालिका
गञ्जमान बुढा– अध्यक्ष
अकबर पुन– इन्चार्ज
९) बागचौर नगरपालिका
घनश्याम शर्मा– अध्यक्ष
१०) शारदा नगरपालिका
कुल बहादुर गिरी– संयोजक

 

प्रतिक्रिया दिनुहोस