सल्यानमा राष्ट्रिय जनगणनाको तयारी तिव्र

सल्यान ३०, चैत ।
सल्यानमा राष्ट्रिय जनगणनाको तयारी तिव्र पारिएको छ । जिल्लाको सदरमुकाम खलंगामा राष्ट्रिय जनगणना कार्यालयको स्थापनासँगै विधिवत रूपमा जनगणनाको काम समेत सुरु गरिएको हो । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना, २०७८ देशभर सञ्चालन हुँदैछ ।

जिल्लामा जनगणना २०७८ का लागि ३७७ जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाका लागि सुपरीवेक्षक र गणक परिचालन गरिने छ । जम्मा ७६ जना सुपरीवेक्षक र ३ सय १ जना गणक परिचालन हुने जिल्ला जनगणना कार्यालय सल्यानका प्रमुख केशर बहादर वलीले जानकारी दिनुभयो ।

उहाँले अहिले जनगणनाका लागि प्राविधिक तयारी भइरहेको जानकारी दिनुभयो । गणकले तथ्याङ्क सङ्कलन गर्नुभन्दा पहिले सुपरीवेक्षकले घर सर्वेक्षण गर्नेछन् । सुपरीवेक्षकले विसं २०७८ वैशाख २५ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन् । गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस