सल्यान १, बैशाख ।
आजबाट विक्रम संवत् २०७८ सालको नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नयाँ वर्षलाई लिने गरिन्छ ।
गत वर्ष बन्दाबन्दीका कारण घुमफिर गर्न नपाएका नेपालीहरु यस वर्ष भने पर्यटकीय क्षेत्रमा पुगेका छन् । पोखरा, सौराहा, धुलिखेल, नगरकोट लगायतका स्थानमा नयाँ वर्ष मनाउन पुगेकाहरु देखिन्छन् ।
यद्यपि यस वर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डको पालना गर्न सबैलाई अनुरोध गरेको छ ।