सल्यान २, बैशाख ।
सडकको स्तरोन्नती सँगै मर्मत कार्य चलिरहेको राप्ती राजमार्गको दाङ सल्यान सडक खण्ड फेरी बन्द हुने भएको छ । बैशाख ३ गते शुक्रवार देखी बैशाख १२ गते सम्म राप्ती राजमार्ग अन्र्तगत दाङ सल्यान सडक खण्डको कपुरकोट देखी चोरखोला सम्मको सडक खण्ड बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
झण्डै डेढ हप्ताको अवधिमा रातको १२ वजे देखी बिहान ५ वजेसम्म र बिहान ११ वजे देखी दिउसोँ ३ वजे सम्म पुर्णरुपमा बन्द हुने बिहीवार जिल्ला प्रशासन कार्यालय सल्यानले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । सडक डिभिजन कार्यालय दाङको पत्रानुसार सडक खण्ड बन्द गर्न लागिएको जनाएको छ ।
यसअविधमा अत्याबश्यक हलुका सवारीसाधनहरु भने जिल्लाको कपुरकोट, किमिचौर, लामाडाँडा, सातवास, पैयाखोर सम्म निर्माण गरिएको डाईभर्सनको प्रयोग गरेर सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । सडकको मर्मतको लागि भन्दै गत चैतको अन्तिम साता पनि कपुरकोट चोरखोला सडक खण्ड केही दिन बन्द गरिएको थियो ।
सडक जीर्ण बन्दै गएको र मर्मतका लागि सरोकारवाला निकायहरु मौन रहेको भन्ने गुणासो आइरहेको बेलामा पछिल्लो केही महिना यता मात्रै राप्ती राजमार्ग अन्र्तगत दाङको सिमाना देखी सल्यान तर्फको भाग स्तरोन्नती सँगै मर्मत गर्न थालिएको हो । यस राजमार्ग जिर्ण हुदाँ सल्यान सहित रुकुम, रोल्पाबाट यात्रा गर्ने यात्रु तथा स्थानियले सास्ती भोग्दै आइरहेका छन् ।