सल्यान ३, बैशाख ।
सल्यानमा नेकपा एमालेको जिल्ला कमिटी पुनर्गठन गरिएको छ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले शुक्रबार जिल्लाको सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गर्दै उदय बहादुर बोहराको अध्यक्षतामा १३५ सदस्यीय जिल्ला कमिटी पुर्नगठन गरिएको जनाएको हो ।
जसको उपाध्यक्षमा राम कुमार खड्की, सचिवमा रमेशकुमार गौतम र सहसचिवमा भोला केसी रहनु भएको छ । गौतम पार्टीको जिल्ला अधिबेशनबाट सचिव पदमा निर्वाचित हुनुभएको थियो । यस्तै पार्टीको निर्वाचन आयोगको संयोजकमा रामचन्द्र रेग्मी र सचिवमा बिजय सरण आचार्य रहनु भएको छ ।
साथै नेपाल पक्षले अबको केही दिनमा पुर्नगठित जिल्ला कमिटीको सपथ ग्रहण तथा पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।