सल्यान ४, बैशाख ।
सल्यानको कपुरकोटबाट संचालन भइरहेको सामुदायीक रेडियो कपुरकोट एफएमले शनिबार एघारौँ वार्षिक उत्सव मनाएको छ । समाज रुपान्तरणका लागि सामुदायीक रेडियोको भुमिका विषयक अन्तरक्रिया संगै वृहत सांस्कृतीक कार्यक्रम गरेर वार्षिक उत्सव मनाइएको रेडियोका कार्यकारी प्रमुख सन्तोष घर्तीले जानकारी दिनुभयो ।
रेडियोका कार्यबाहक अध्यक्ष मुकुन्द जिसीको अध्यक्षतामा भएको कार्यक्रममा कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेन, उपाध्यक्ष तिला बुढा मगर, गाउँपालिकाका प्रबक्ता यमकुमार बस्नेत, नेपाली कागेंसका दुर्गा बहादुर गिरी, नेकपा माओवादी केन्द्रका पवन कार्की, प्रत्रकार महासंघ कर्णाली प्रदेश सदस्य जित प्रसाद आचार्य लगाएतको बोल्नुभएको थियो ।
कार्यक्रममा कलाकारहरु शक्ति चन्द, टिका सानु लगाएकाले प्रस्तुती राख्नुभएको थियो । विक्रम संवत् २०६६ सालमा स्थापना भएको रेडियो कपुरकोटले स्वास्थ्य तथा कृषि क्षेत्र संग सम्बन्धीत विभिन्न निकायहरु संगको समन्वयमा त्यस अनुसारका सचेतनामूलक कार्यक्रमहरु उत्पादन तथा प्रशारण गर्दै आइरहेको छ ।