जिल्ला खेलकूद विकास समिति सल्यानको अध्यक्षमा आचार्य


सल्यान ५, बैशाख ।
जिल्ला खेलकूद विकास समिति सल्यानको अध्यक्षमा खड्ग आचार्य नियुक्त हुनुभएको छ । जिल्लाको कुमाख गाउँपालिका घर भएका आचार्यलाई कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जिल्ला खेलकूद विकास समिती सल्यानको अध्यक्षमा नियुक्त गरेको हो ।
विगत २१ महिना देखी जिल्ला खेलकूद विकास समिति नेतृत्वविहिन हुदाँ कर्मचारीको भरमा कार्यालय सञ्चालन हुदैँ आएको थियो । नवनियुक्त अध्यक्ष आचार्यले खेलाडी र खेल क्षेत्रको विकासको लागी आफुले काम गर्ने प्रतिक्रिया दिनुभएको छ ।
सल्यान जिल्ला खेलक्षेत्रको लागी राम्रो सम्भावना बोकेको जिल्ला भएकाले खेलक्षेत्रमा लगानी बढाउदैँ उत्कृष्ट खेलाडी उत्पादन गर्ने आफ्नो लक्ष्य रहेको उहाँको भनाई छ । उहाँले खेलाडी राष्ट्रको गहणा भएकाले उनीहरुको उच्चमनोवल हुने गरी काम गर्ने बताउनुभएको छ ।
विगतमा खेलकूद विकास समितिमा पदाधिकारी नहुदाँ अन्यौलता सिर्जना भएको थियो । कार्यालय प्रमुख शिव राज अधिकारीले विगतमा खेलकूद विकास समितीमा पदाधिकारी नहुदाँ काम गर्न समस्या भएको बताउदैँ अब भने सहजता हुने बताउनुभयो । अब खेलकूद विकास समिती गतिशिल हुने उहाँको भनाई छ ।
उहाँले कोराना भाइरस महामारी लगायतका कारणले झण्डै वर्षदेखि जिल्लको खेल क्षेत्र प्रभावित बनेको बताउनुभएको छ । पछिल्लो चरणमा जिल्लाका स्थानिय तहमा खेलकूदका गतिविधि बढ्न थालेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस