सल्यान ८ बैशाख ।
सल्यानमा कोरोना भाइरसका थप १३ जना संक्रमित भेटिएका छन् । जिल्ला अस्पताल सल्यानमा आज २३ जनाको एन्टी जीन टेष्ट गर्दा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २ साताको अवधिमा सल्यानमा कोरोना भाइरसका २५ जना संक्रमित भेटिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । उहाँले ७५ जनाको परिक्षण गर्दा २५ जनामा संक्रमण भेटिएको बताउनुभयो ।
जसमा दाङ, नेपालगन्ज लगाएतको ठाउँ बाट आएका कर्मचारी तथा स्थानीय रहेका छन् । संक्रमित मध्ये केहि जिल्ला अस्पतालमा रहेका छन् भने बाँकी होम आइसोलेसनमा रहेका छन् ।
साथै आज सम्पन्न जिल्लास्तरीय डिसिसिएमसिको बैठकले कोरोना रोकथामको लागि थप प्रभावकारी ढंगले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने, गराउने निर्णय गरेको छ ।