पछिल्लो २४ घण्टामा सल्यानका थप ३ जना कोरोना संक्रमितको मृत्यु

सल्यान ३१, बैशाख ।
सल्यानमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सल्यान जिल्ला अस्पताल र होमआइसोलेसनमा बसेका २ जना महिला र एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

जसमा जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ निवासी ७६ बर्षिया महिला र बागचौर नगरपालिका वडा नम्बर ४ निवासी ६३ बर्षिया महिलाको होमआइसोलेसनमा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो ।

यस्तै छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ निवासी ५० बर्षिय पुरुषको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यो सँगै जिल्लामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित