सल्यानको कालिमाटीमा बसन्ते मकै पकेट क्षेत्र कार्यक्रम सञ्चालन

किसानहरुलाई मिनिट्रिलर हस्तान्तरण

सल्यान ३१, बैशाख ।
सल्यानमा बसन्ते मकै पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर २, ३ र ४ मा मकैँ पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको हो । किसानलाई मकैँको मुल वीउ उत्पादनमा आकृषित गर्ने र आर्थिक उपार्जनमा सहयोग गर्ने उद्धेश्यले यहाँका ११ वटा कृषि समुहलाई समावेश गरेर पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत अहिले यस क्षेत्रका ४० भन्दा बढी किसानहरुले मकैँको मुल वीउ उत्पादन गरिरहेको पकेट क्षेत्र कार्यक्रमका अध्यक्ष कुल प्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँले अरुण २ मुल वीउसँगै अन्य स्थानिय जातको मकैँ पनि उत्पादन भैरहेको जानकारी दिनुभयो ।
गत बर्ष देखी सञ्चालन भएको मकैको वीउ पकेट क्षेत्र कार्यक्रम अन्र्तगत यस बर्ष झण्डै २ हजार रोपनी जग्गामा किसानहरुले अरुण २ मुल बीउ र स्थानिय जातको मकैँ रोपेका छन् । गएको बर्ष ५ क्वीन्टल मकैँको मुल वीउ रोपेकोमा झण्डै १ सय क्वीन्टल उत्पादन भएको थियो भने आधा भन्दा बढी वीउ बाहिर निर्यात भएको थियो ।

यस बर्ष पनि मकैँको २ क्वीन्टल २४ किलोग्राम वीउ रोपिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उहाँले मकैँको बीउ उत्पादनमा किसानहरु उत्साहित भएको भएपनि खेतमा रोपेको मकैँ समयमा नै नपाक्दा समस्या हुनेगरेको बताउनुभयो । यस बर्षपनि करिब ४० जना बढी किसानले मकैँको मुल वीउ रोपेको उहाँको भनाई छ ।

गाउँपालिका अध्यक्ष दान बहादुर केसीले मकैँ उत्पादनमा किसानलाई प्रोत्साहन गर्दै लागत कम गर्नको लागी कृषि औजार हस्तान्तरण गरिएको जानकारी दिनुभएको छ । संघिय सरकारको १२ लाख ससर्त वजेट मार्फत ४ वटा साना सिचाँई, ९५ वटा त्रिपाल, ९५ थान मकैँ छोडाउने कर्ण सेलर र ५ वटा मिनिट्रिलर वितरण गर्ने कार्यक्रम रहेको उहाँको भनाई छ ।

सोही अनुसार शुक्रवार मकैँ पकेट क्षेत्र कार्यक्रम अन्र्तगत रहेका बिभिन्न कृषि समुहहरुलाई मिनिट्रिलर हस्तान्तरण गरिएको छ । ५० प्रतिशत अनुदानमा गाउँपालिकाका अध्यक्ष केसी र वडाअध्यक्ष बीर बहादुर वलीले मिनिट्रिलर हन्तान्तरण गर्नुभएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित