मनकारी मान्छेद्धारा सल्यान जिल्ला अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान

सल्यान ३१, बैशाख ।
सल्यान जिल्ला अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । जिल्लामा नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण बढ्दै जानथालेपछि जिल्लाका समाजसेवी तथा मनकारी मान्छेहरुले अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान गरेका हुन् ।

यसैक्रममा आज सल्यान जेसिजले अस्पताललाई पाँच थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । सल्यान जेसिजका अध्यक्ष एवं उद्योग वाणिज्य संघ सल्यानका महासचिव मोहन सारुको नेतृत्वमा जेसी दिपक बोहरा र जेसी गणेश विक लगायतको टोलीले ५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो ।

अध्यक्ष सारुले तत्काललाई देखिएको अक्सिजनको अभावको समस्यालाई केही हदसम्म कम गर्नको लागि अक्सिजन सिलिन्डर सहयोग गरिएको बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित