सल्यानमा १७ नयाँ कोरोना संक्रमित थपिदाँ २१ जना निको भएर डिस्चार्ज

सल्यान १, जेठ ।
सल्यानमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रवार जिल्लाभर ४७ जनाको एन्टिजेन परिक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै १ सय १८ जनाको पिसिआर परिक्षणका लागी स्वाव संकलन गरिएको छ ।

यो सँगै सल्यानमा कोरोनाका संक्रिय संक्रमितको संख्या ५ सय २७ पुगेको छ । यस्तै सल्यान जिल्ला अस्पतालमा २५ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । यस्तै शुक्रवार मात्रै २१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने ४ सय ९३ जना होमआइसोलेसनमा रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित