कोरोनाका कारण सल्यानको छत्रेश्वरीका एक १ जनाको मृत्यु

सल्यान १, जेठ ।
सल्यानका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ निवासी २७ बर्षिय पुरुषको आज बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

गत बैशाख २७ गते सल्यान जिल्ला अस्पतालमा एन्टिजेन परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएका उनको होमआइसोलेनमा नै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । यो सँगै सल्यानमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित