जिल्ला अस्पताल सल्यानमा अक्सिजन कन्सिट्रक्टरको उद्घाटन

सल्यान १, जेठ ।
कोरोना भाइरसका संक्रमितहरुको उपचारको लागि अक्सिजनको अभाव भैरहेको अवस्थामा सल्यानमा अक्सिजन कन्सिट्रक्टर जडान गरिएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोग र स्वास्थ्य सेवा कार्यालय सल्यानको ब्यवस्थापनमा सल्यान जिल्ला अस्पतालमा अक्सिजन कन्सिट्रक्टर जडान गरिएको हो ।
जिल्लामा नै अक्सिजन कन्सिट्रक्टर जडान भएसँगै बिरामीहरुको उपचारमा केही सहज हुने स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । उहाँले कुल ५१ लाख रुपैँयाको लागतमा अक्सिजन कन्सिट्रक्टर जडान कार्य सम्पन्न भएको बताउनुभएको छ ।

सल्यान जिल्ला अस्पतालका डा. भिमकान्त जैसीले अक्सिजन कन्सिट्रक्टर जडान भएसँगै कोरोना संक्रमित बिरामीहरुको उपचारमा सहज हुने बताउनुभएको छ । उहाँले कन्सिट्रक्टरको प्रतिमिनेट ४० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता भएको बताउनुभएको छ । ‘ यसले प्रतिमिनेट ४० लिटर अक्सिजन उत्पादन गर्छ, यदी ५ लिटर अक्सिजन चाहिने बिरामी भएमा एकैपटकमा ८ जनासम्मलाई अक्सिजन दिन सकिन्छ’ उहाँले भन्नुभयो ।

यसैविच बायोमेडिकल इन्जिनियर टोलीले अक्सिजन कन्सिट्रक्टरको जडान कार्य सम्पन्न गरेपछि शनिवार नै यसको उद्घाटन गरिएको छ । शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारी, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाँई, स्वास्थ्य सेवा कार्यालयका प्रमुख दशरथ श्रेष्ठ लगाएतको सहभागितामा अक्सिजन कन्सिट्रक्टरको उद्घाटन गरिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित