सल्यानको कालिमाटीका ६८ जनामा कोरोना संक्रमण पुष्टि

सल्यान २, जेठ ।
सल्यानका थप ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको कालिमाटी गाउँपालिकाका १ सय ८ जनाको पिसिआर परिक्षण गर्दा शनिवार ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ५ सय ७४ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
कार्यालयका अनुसार पिसिआर परिक्षणका लागि शनिवार थप ८ जनाको स्वाव संकलन गरिएको छ । यस्तै गएको २४ घण्टामा कोरोनालाई जितेर थप २० जना डिस्चार्ज भएका छन् । सल्यानमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस