सल्यान २, जेठ ।
सल्यानका ३३ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । पिसिआर परिक्षण तथा एन्टिजेन परिक्षणबाट कोरोना संक्रमण पुष्टि भएका जिल्लाका ३३ जनाले आइतवार आज कोरोनालाई जितेर डिस्चार्ज भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
यसैविच सल्यानका थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल सल्यानमा आज गरिएको ६२ जनाको एन्टिजेन परिक्षणका क्रममा ३१ जनामा कोरोना पुष्टि भएको हो । यस्तै आज मात्रै कोरोना परिक्षणका लागि २६ जनाको स्वाव संकलन गरिएको छ ।
सल्यानमा हालसम्म कोरोनाका संक्रिय संक्रमितको संख्या ५ सय ७१ रहेको छ । यसैविच पछिल्लो २४ घण्टामा सल्यानका थप एक जना कोरोना संक्रमितको निधन भएको छ । यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ ।