छत्रेश्वरी गाँउपालिकाद्धारा ३० थान अक्सिजन सिलिन्डर खरिद

सल्यान ३, जेठ ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाले थप ३० थान अक्सिजन सिलिन्डर खरिद गरेको छ । गाउँपालिका भित्र कोरोनाका संक्रमितहरुको संख्या बढ्दै गएको अवस्थामा उनीहरुको उपचारमा सहजताको लागि गाउँपालिकाले अक्सिजन सिलिन्डर ल्याएको हो ।

कोरोना संक्रमित विरामीहरुको उपचार गर्न अक्सिजन चाहिने भएको हुदा अक्सिजन सिलिन्डर ल्याइएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभयो । कोरोना संक्रमितले अक्सिजन अभाबमा ज्यान गुमाउन नपरोस् भन्ने आफ्नो उद्देश्य रहेको अध्यक्ष केसीको भनाई छ ।

गाउँपालिकाले ३ लाख ७८ हजार ८ सय रुपैयामा विरगंजबाट अक्सिजन ल्याई नेपालगंजबाट भरेर ल्याएको हो । गाउँपालिकाको भोटेचौरमा रहेको कोभिड अस्पतालमा थप अक्सिजन जडान गरिने तयारी गाउँपालिकाले गरेको छ । अक्सिजन सिलिन्डर आएसगै १० बेडको रहेको उक्त अस्पताललाई बेड थपगरी २० बेडको बनाइने निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रकास दाहालले जानकारी दिनुभयो । गाउँपालिका संग ४३ थान साना ठुला अक्सिजन सिलिन्डर रहेको छ । यस्तै थप ३ थान अक्सिजन कन्सन्ट्रेटर रहेको गाउँपालिकाले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस