सल्यान ४, जेठ ।
भेरियन्ट सहितको दोस्रो चरणको कोरोना भाईरसको महामारी पछि सल्यानमा पहिलो पटक एक सय बढी संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मंगलवार सल्यान जिल्ला अस्पताल, संस्थागत आइसोलेसन र होम आइसोलेसनमा बस्दै आइरहेका १ सय ८ जना डिस्चार्ज भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
यस्तै आज मात्रै जिल्लामा पिसिआर परिक्षण र एन्टिजेन परिक्षणबाट ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा हालसम्म ५ सय ३१ संक्रिय संक्रमित रहेका छन् । जसमा सल्यान जिल्ला अस्पतालमा २७, संस्थागत आइसोलेसनमा ८ र होम आइसोलेसनमा ४ सय ९६ रहेका छन् । बितेको २४ घण्टामा २ जनाको कोरोनाबाट मृत्यु भएसँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।