सल्यान ४, जेठ ।
सल्यानको बागचौर नगरपालिकाले कोभिड १९ संक्रमितका लागी अक्सिजन सहितको २५ शैयाको आइसोलेसन वार्ड आज उद्घाटन गरि संचालनमा ल्याएको छ । नगरपालिकाको आइसोलेसन केन्द्रमा १ जना मेडिकल अधिकृत ४ जना हेन्थ असिस्टेन्ट २ जना स्टाफ नर्स, ३ जना अनमी सहितको स्वास्थ्यकर्मीको टिम र ५ जना कार्यालय सहयोगी सहितको टोली परिचालन गरेको छ ।
आइसोलेसन सेन्टरमा ३८ वटा ठुला अक्सिजन सिलिन्डर र ५ वटा अक्सिजन कन्सन्ट्रेटर रहने छन् । अहिले ८ वटा अक्सिजन सिलिन्डर आइसकेका र बाँकी सामान खरिदको प्रक्रियामा रहेको बागचौर नगरपालिकाले जनाएको छ । आइसोलेसन केन्द्रमा बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले ब्यक्तिगत रुपमा २० थान नयाँ अक्सिजन सिलिन्डर उपलब्ध गराउनुभएको छ ।
जसमध्ये ८ थान आइसोलेसन केन्द्रमा आइसकेका छन् भने १२ थान आउदै गरेका छन् । त्यसैगरी ब्यक्तिगत रुपमा नै ल्याएका ६० हजार पिस सर्जिकल मास्क र केएन नाइन्टी फाइफ मास्क ३ सय पिस मध्य बागचौर नगरपालिकालाई ४१ हजार २ सय पचास पिस उपलब्ध गराउनुभएको छ ।
बाँकी मास्क आवश्यकता अनुसार नगर र जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायत, कोरोनाको समयमा अग्रभागमा रहेर काम गर्ने जनशक्तिलाई सो सामान नगर प्रमुख बुढाथोकीले उपलब्ध गराउनु भएको हो । नगर प्रमुख लोकमान बुढाथोकीले नगरपालिकालाई १७ सय २८ पिस साबुन, स्यानिटाइजर ह्यान्ड स्टान्ड समेत उपलब्ध गराउनुभएको छ ।
नगर प्रमुखले आफुले पाउने तलब ब्यक्तिगत रुपमा नलिएर सम्पुर्ण रकम जनताको सेवामा लगाउने पहिले नै उद्घोष गरिसक्नुभएको थियो । यस अगाडि पनि नगर प्रमुखले नगरपालिकाले कोरोना रोकथाम तथा उद्धारको लागि बनाएको कोषमा ४ लाख ५० हजार जम्मा गर्नुभएको थियो ।
आइसोलेसन संचालनमा आएसँगै कोभिड १९ का बिरामीहरुलाई, नगर भित्रै उपचार गराउन सहज हुने उपप्रमुख कल्पना पुनको भनाइ छ । थोरै दिनमा दिनरात नभिन काम गरे प्रस्चात २५ शैयाको आइसोलेसन वार्ड बनाउन सफल भएको उहाले बताउनुभएको छ । प्रत्येक्ष सहभागी भएर आइसोलेसनलाई संचालनमा ल्याउन सहयोग गर्नुहुने स्थानीय बासिन्दाहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु लगायत सबैलाई बागचौर नगरपालिकाले धन्यवाद व्यक्त गर्दछ उहाले भन्नुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाँई खतिवडा, नेपाली सेनाका कर्नेल कन्चन कृष्ण बस्नेत, डिएसपी गोबिन्द थापा, सशस्त्र प्रहरीका डिएसपि सन्तोष रायमाझी, राष्ट्रीय अनुसन्धान डिएसपि विनोद दवाडि, लगायतको टोलिले बागचौर नगरपालिकाले बनाएको आइसोलेसन केन्द्रको अनुगमन समेत गरेको छ ।
आइसोलेसनको उद्घाटन कार्यक्रममा बागचौर नगरपालिका नगरप्रमुख लोकमान बुढाथोकी, उपप्रमुख कल्पना पुन, निमित्त प्रमुख प्रसासकिय अधिकृत रामबहादुर हमाल, स्वास्थ्य शाखा प्रमुख हरि कठायत, सुचना अधिकृत तिर्थराज डाँगी, योजना शाखा प्रमुख पुर्ण ओली, रोजगार समंयोजक नवराज डाँगी, स्टोर प्रमुख लालबहादुर डि.सी, बागचौर नगरपालिकामा कार्यरत अन्य कर्मचारीहरु, बागचौर नगरपालिका भित्रका विभिन्न वडाका वडा अध्यक्षहरु, पत्रकारहरु, शिक्षेकहरु लगायत स्थानीय वासिन्दाहरुले सामाजिक दुरी कायम राखेर उपस्थिति जनाउनुभएको थियो ।
२५ शैयाको आइसोलेसन वार्डमा शैया, बिजुली, सौचालय, खानेपानी, सरसफाई, क्यानटिन, इन्टरनेट लगायतका अन्य सुविधाहरु समेत रहेको बागचौर नगरपालिकाले जनाएको छ ।