बर्षातले सडकको वेश वगाएपछि कालोपत्रे गर्न समस्या

सल्यान ८, जेठ ।
पछिल्लो केही दिनयताको अविरल बर्षाका कारण सल्यानबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने सडकखण्डमा क्षती भएको छ । सल्यानको श्रीनगर खलंगा जैतपानी हुदैँ बालुवासंग्रही सडकखण्डकको ज्यामिरे आसपासमा सडकको कालोपत्रेको काममा क्षती पुगेको निर्माण कम्पनीले जनाएको छ ।

संघिय सरकारको वजेट अन्र्तगत सडक डिभिजन कार्यालय दाङले उक्त सडक कालोपत्रेकोको काम अगाडी बढाएको थियो । जसअन्र्तगत रहेर किस्टल निर्माण कम्पनी शारदा नगरपालिका १ श्रीनगरले ज्यामिरे देखी अगाडीको झण्डै १७ सय मिटर सडक कालोपत्रेको १ करोड ५६ लाख रुपैँयामा काम अगाडी बढाएको थियो ।

तर बर्षातका कारण सडक कालोपत्रेका लागि तयार भएको बेस वगाएको निर्माण कम्पनीका सञ्चालक सहदेव थापाले जानकारी दिनुभयो । आफुले पाएको ठेक्का मध्ये झण्डै ७ सय मिटर सडक कालोपत्रे भैसकेको र बाँकी सडक कालोपत्रेका लागि तयारी भएको अबस्थामा बर्षातको पानी क्रसिङ नहुदाँ सडक वेस वगाएको उहाँको भनाई छ ।

कालोपत्रेका लागि तयार भएको झण्डै ८ सय मिटर सडक बेस वगाएको र यसबाट करिब १४ लाख रुपैँया वरावरको क्षती भएको उहाँले जानकारी दिनुभयो । उहाँले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गर्ने गरी ज्यामी, निर्माण सामाग्री सबै तयारी अवस्थामा रोखेको समयमा सडकको वेश वगाएकाले सडक कालोपत्रे गर्न केही समय लाग्ने जानकारी दिनुभएको छ ।

यसैविच सोही सडक खण्डमा निसान भुुमि कन्ट्रक्सनले गर्दै आएको सडकको बेस पनि वगाएको छ । कन्ट्रक्सनका सञ्चालक डिल्ली प्रकाश केसीले आफुले पनि यस सडकखण्डमा गर्दै आएको सडक कालोपत्रेको तयारी अवस्थामा रहेको बेस वगाएको जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस