सल्यानका थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

सल्यान ८, जेठ ।
सल्यानका थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाभर पिसिआर र एन्टिजेन परिक्षणका क्रममा गरेर पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जसमा पिसिआर परिक्षणमा ८१ जना र ३१ जनाको एन्टिजेन परिक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

यस्तै जिल्लामा थप १० जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ७ सय ५२ पुगेको छ । जसमा सल्यान अस्पतालमा २७ जना, संस्थागत आइसोलेसनमा २३ जना र होमआइसोलेसनमा ७ सय २ जना रहेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन् ।

 

 

प्रतिक्रिया दिनुहोस