सल्यान अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

सल्यान १०, जेठ ।
सल्यानका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा आज २ जना कोरोना संक्रमितको मृत्यु भएको हो । जसमा जिल्लाको वागचौर नगरपालिका ७ घर भएका ६८ बर्षिय पुरुष र शारदा नगरपालिका ३ का ७१ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो ।
यससँगै जिल्लामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित