सल्यान १० जेठ ।
सल्यानमा अब कोही कसैले मास्क नलगाएर सार्वजनिक स्थलमा हिडडुल गरे र अनुमतिविना सवारी चलाए जरिवाना हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानले सोमवार एक सुचना जारी गर्दै मास्क नलगाएर सार्वजनिक स्थलमा हिडडुल गरे र अनुमतिविना सवारी चलाए जरिवाना हुने जनाएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड‐१९ को संक्रमण नेपालमा तिव्ररुपमा फैलिरहेको र त्यसलाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालयले जेठ १६ सम्म निषेधाज्ञा जारी गरेको अबस्थामा बिना काम मास्क नलगाई हिड्डुल गरेमा प्रतिव्यक्ति प्रतिपटक १०० रुपैयाँ जरीवाना गर्ने सुचनामा उल्लेख गरिएको छ ।
यस्तै अनुमतिविना या सुरक्षा निकायलाई जानकारी नदिई २ पांग्रे सवारी साधन चलाएमा प्रत्येक पटक २ हजार र अन्य सवारी साधन चलाएमा ५ हजार जरीवाना गरिने सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयद्धारा जारी सुचना :