सल्यानका १ सय ५१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

सल्यान ११, जेठ ।
सल्यानका १ सय ५१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा जिल्लाभर पिसिआर र एन्टिजेन गरेर १ सय ५१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाभर थप १ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाभर आज गरिएको २ सय ३० जनाको एन्टिजेन परिक्षणका क्रममा १ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै आज जिल्लाभर कोरोना परिक्षणका लागि ९ जनाको स्वाव संकलन गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस