सल्यान ११, जेठ ।
सल्यान जेसिजले जिल्लाको छत्रेश्वरी गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिदैँ गएको अवस्थामा यसको रोकथाम तथा उपचारमा टेवा पु¥याउनको लागि सल्यान जेसिजले गाउँपालिकालाई स्वास्थ्य सामाग्री मंगलवार हस्तान्तरण गरेको हो ।
सल्यान जेसिज बर्ष २०२१ का अध्यक्ष जेसि मोहन सारु, बर्ष २०२० का अध्यक्ष जेसि घनश्याम अधिकारी, संस्थापक अध्यक्ष जेसि राजेन्द्र कुमार थापा लगाएतको टोलीले छत्रेश्वरी गाउपालिका अध्यक्ष सन्तोष केसीलाई ती सामाग्री हस्तान्तरण गरेको हो । जसमा माक्स ७ सय ५० थान, स्यानिटाइजर १५ लिटर, ग्लोब्स ३ सय थान र फेस सिल्ड २५ थान रहेका छन् ।
कोरोना संक्रमण फैलिदै गएको अवस्थामा यसको रोकथाम तथा उपचारका लागि सहयोग होस् भन्ने हेतुले ती सामाग्री हस्तान्तरण गरिएको जनाइएको छ । स्वास्थ्य सामाग्री बुझ्दै गाउँपालिका अध्यक्ष केसीले कोरोना संग लडिरहेको गाउँपालिकालाई यसको रोकथाम र उपचारको लागि सहयोग गरेको भन्दै सल्यान जेसिजलाई धन्यवाद दिनुभएको थियो ।
सल्यान जेसिज बर्ष २०२१ का महासचिव दिपक कुमार बोहराले सहजीकरण गरेको सो हस्तान्तरण कार्यक्रममा डाक्टर प्रोशेष सिंह, निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रकाश दाहाल लगाएतको सहभागिता रहेको थियो । सल्यान जेसिजले विगत देखी नै सामाजिक कार्य गर्दै आएको छ ।