सल्यान १२, जेठ ।
पछिल्लो २४ घण्टामा सल्यानका थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लामा पिसिआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणका क्रममा ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
कार्यालयका अनुसार बुधबारसम्म ७ सय ८५ जना सक्रिय संक्रमित रहेका छन् । जसमा २३ सल्यान जिल्ला अस्पताल, ३४ संस्थागत आइसोलेसन र ७ सय २८ होम आइसोलेसनमा रहेका छन् । यसैविच जिल्लामा थप १७ डिस्चार्ज भएका छन् । जिल्लामा हालसम्म १ हजार ५ सय ४ डिस्चार्ज भएका छन् ।