सल्यान १३, जेठ ।
सल्यान जेसिजले जिल्लाको बागचौर नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिदैँ गएको अवस्थामा यसको रोकथाम तथा उपचारमा टेवा पु¥याउनको लागि सल्यान जेसिजले बागचौर नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
सल्यान जेसिज बर्ष २०२१ का अध्यक्ष जेसि मोहन सारुले नगरप्रमुख लोकमान बुढाथोकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । जसमा माक्स, स्यानिटाइजर, ग्लोब्स, फेस सिल्ड लगाएतका रहेका छन् । सो अवशरमा बोल्दै नगरप्रमुख बुढाथोकीले कोरोना भाइरसलाई सामुहिक लडाइले मात्रै पराजित गर्न सकिने भएकाले यसको रोकथाम र उपचारको लागि स्वास्थ्य सामाग्री सहयोग गरेकोमा सल्यान जेसिजलाई धन्यवाद दिनुभएको थियो ।
सल्यान जेसिज बर्ष २०२१ का महासचिव दिपक कुमार बोहराले सहजीकरण गरेको सो हस्तान्तरण कार्यक्रममा नगरउप्रमुख कल्पना पुन, सल्यान जेसिज बर्ष २०२० का अध्यक्ष जेसि घनश्याम अधिकारी, बर्ष २०२१ का तालिम निर्देशक जेसि डम्बर केसी लगाएतको सहभागिता रहेको थियो । मानबताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको सल्यान जेसिजले जनाएको छ ।