सल्यान १३, जेठ ।
सल्यानमा कोरोना भाइरसबाट थप चार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सल्यान जिल्ला अस्पतालमा उपचार गराई रहेका चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा शारदा नगरपालिका ५ का ५१ वर्षीय पुरुष, शारदा नगरपालिका १५ का ७७ वर्षीय पुरुष, बागचौर नगरपालिका वडा न ९ का ६२ वर्षीय महिला र रोल्पा गंगादेव गाउँपालिका ३ की ६१ वर्षीया एक महिला रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । यससँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।
यस्तै जिल्लाका थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाभर पिसिआर परिक्षणका क्रममा ३० जना र एन्टिजेन परिक्षणका क्रममा २१ जना गरेर ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार यससँगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ८ सय १५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर १७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।