संविधान र कानुनलाई गिज्याइरहेको छ : बालविवाह

विचार

सल्यान १४, जेठ ।

विद्यालय जाने उमेरमा अथवा कानुनले तोके भन्दा कमै उमेरमा गरिने विवाह हो बालविवाह । वर्तमान समयमा बालविवाहलाई संविधान र कानुनले पुर्णतः यसलाई निषेध गरेको छ । तर विडम्बना भन्नुपर्छ कानुन र संविधानले बालबिवाहलाई कागजमा मात्रै निषेध गर्न सक्यो, व्यवहारिक पक्ष कमजोर हुदा बालविवाहको अवस्था जहाँको त्यहि छ । रोकथाम र जनचेतनामा सरकारी एवम् गैरसरकारी निकाय प्रभावकारी रुपमा देखिएका छैनन् । जसको फलस्वरूप गलत सामाजिक संस्कार र अन्धविश्वासले बालबिवाहलाई अझै प्रसय दिदैँ आएको छ ।

सानै उमेर देखि शिक्षा र सिर्जनशिलता मार्फत आफ्नो भविष्य र योजनाका सपना देख्नुपर्ने बालबालिका बालबिवाहका कारण बोझिलो र पेचिलो जीवन अँगाल्न बाध्य छन् । विद्यमान परिस्थितिमा कर्णाली र प्रदेश नम्बर २ मा बालबिवाहको अवस्था भयावह रुपमा बढिरहेको छ ।

१२/१३ वर्षको उमेरमा किताबका पाना सँगसँगै समाज, व्यवहार र जीवन जिउने कला सिक्नुपर्ने बालबालिका बालबिवाहका कारण जीवन अज्ञानता र समस्याको भुमरीमा पारिरहेका छन् । बालबिवाहलाई बालअधिकार हनन्को रुपमा संविधान र कानुनमा उल्लेख गरिएता पनि कानुनको प्रभावकारी कार्यनयनको अभावमा बालबिवाह दिनहुँ बढिरहेका छन् । जसले गर्दा राज्य र कानुनको कार्यान्वयनको जिम्मा पाएको प्रहरी प्रशासन निरही रहदा आज बढिरहेको बालबिवाहले कानुन र संविधानलाई ठाडै गिज्याइरहेको छ ।

किन हुन्छ बालबिवाह ?
–कम उमेरमा विवाह गर्दा पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वास हुनु !
–गरिबी तथा विभेद हुन !
–कानुनको प्रभावकारी कार्यनयन हुन नसक्नु !

समुदायमा मानिसहरुले सामाजिक मुल्य, मान्यता इज्जतका कारण बालविवाह विरुद्ध बोल्न सकिरहेका छैनन् । खराव राजनीतिक अवस्थाका कारण बालबिवाह विरुद्धका अभियान प्रभावकारी हुन सकिरहेका छैनन् ।

बालबिवाहले निम्त्याउने समस्या :
–शारीरिक, मानसिक रोगको सिकार बनाउने !
–घरेलु हिंसा एवम् विभेदमा वृद्धि गराउने !
–कमै उमेरमा बिवाह गर्दा आमा र शिशु दुबैको मृत्यु हुने सम्भावना !
–विवाह पछि पढाइ विग्रने !

बालविवाह बालअधिकार, महिलाअधिकार, मानव अधिकारको हनन् मात्रै नभएर बिकास र समृद्धिको बाधक हो । तसर्थ यसको उन्मुलन आवश्यक छ । मुलुक संघियतामा गइसकेको अवस्थामा स्थानीय, प्रदेश र संघ सरकारले चाहेमा यो सम्भव छ । अन्य सरोकारवालाहरुले पनि यसमा हातेमालो गर्न जरुरी छ ।

समाधानका उपाय :

–छोरीहरुको सशक्तिकरण गर्ने !
–बालविवाह परम्परागत संस्कृति र जातीय व्यवस्था सँगै जोडिएको विषय भएकाले त्यस्ता कुसंस्कार र जातीय व्यवस्थालाई बदल्ने !
–समुदायसँग नजिक स्थानिय सरकार रहन्छ, उसले बालबिवाह विरुद्ध अभियान सन्चालन गर्नुपर्छ । बालबिवाह गर्ने गराउनेलाई सामाजिक बहिष्कार गर्ने हिम्मत राख्नुपर्छ ।

बालबिवाह गैरकानुनी हो यसबाट बालबालिकाको शारीरिक, मानसिक र शैक्षिक विकासको अवसर र रहर सबै गुमाउनुपर्छ भन्ने जान्दाजान्दै पनि यस्तो गलत परिपाटीका विरुद्ध संगठित आवाज उठ्न सकिरहेको छैन । त्यसकारण राज्यले कानुनमा भएका व्यवस्थाको कार्यान्वयन गर्न कञ्जुस्याँइ गर्नु हुन्न । साथै सबै जिम्मेवार निकायहरु सचेतना, जनचेता अभिवृद्धिका कार्यमा लाग्न आवश्यक छ ।

0000

कुमाख गाउँपालिका ६, सल्यान घर भएका लेखक खड्का जनप्रेमी कलेज भक्तपुर कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस